Logo

बागमती पेज

भाद्र ११, २०७८ शुक्रबार

बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य


काठमाडौं । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुँन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेकाे प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । रासस