Logo

भवानी कार्की

भाद्र १७, २०७८ बिहीबार

तामाकोशी-४ नेपाली कांङग्रेस वडा सभापतिमा युवा नेता सन्तोष पोखरेल सर्वसम्मत


दोलखा । नेपाली कांङग्रेस तामाकोशी गाउँपालिका वडा नं ४ मा युवा नेता सन्तोष पोखरेल पार्टीको सभापतिमा सर्वसम्मत चयन भएका छन् । भदौ १८ गते हुँन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

असल मान्छे राजजीनिमा नआउने हो भने खराब मान्छेको शासक बन्नुपर्छ भन्दै आगामी दिनमा यस्तो समस्या आउन नदिन पोखरेलले आफ्नो उम्मेदारी दिएको बताएका छन् ।

जनताको हक अधिकार, व्यवस्थित कार्यव्यवस्था बनाउन र राज्य सक्ता सञ्चालन गर्न युवा वर्गको जोस र जाँगरलाई सहि ठाउँ र सहि ढंगले प्रयोग गर्न सबैले प्रेरित गरेपछि पोखरेल पार्टीको वडा सभापति चएन भएका हुन् ।

बागमती पेज सँग कुरा गर्दे युवा नेता पोखरेले भने, ‘राजनीतिमा युवा नेतृत्व आवश्यक छ । आगामी दिनमा तामाकोशी गाउँपालिका लगाएत वडा नं ४ मालुका बासिन्दाहरुको हक, हित र अधिकारको लागी लड्नेछु । समाजको हकहितको लागी आफु मन वचन र कर्मले अधि बढ्ने प्रतिबद्धताको साथ आफु राजनीतिक यात्रा तय गरेको हुँ ।’

नेता पोखरेलले नेपाली कांङ्ग्रेसमा आस्थावान सम्पूर्ण कार्यकर्ताहरुमा आफ्नो समय समर्पण गर्ने वाचा व्यक्त गरेका छन् । आगामी दिनमा पार्टीलाई सूसुतिच ढंगले अगाडी बढाउने योजना रहेको उनको भनाई छ ।