Logo

भवानी कार्की

भाद्र २०, २०७८ आईतबार

दोलखा कांग्रेसको नेतृत्व असफल, पार्टीको शाख जोगाउन सभापतिमा लड्छु : तारा कुमार खड्का


दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दोलखाका नेता तारा कुमार खड्काले जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी दिने भएका छन् ।

नेता खड्काले जिल्लमा वर्तमान पार्टी नेतृत्व गर्व गर्न लाएक नभएको र पार्टीको स्वाभिमान ध्वास्त भएको आरोप लगाएका हुन् । आगामी दिनमा जिल्ला नेतृत्वमा रही पार्टीलाई पुरानो विरासतमा फर्काउँदै सुसुचित ढंगले सञ्चालन गर्न आफु पार्टी सभापति पदमा उम्मेद्धारी दिने खड्काले बताए ।

पूर्व जिल्ला कार्यसमिति सदस्य समेत रहेका खड्काले बगमती पेज संग कुरा गर्दे भने, ‘अत्याधिक मतले नेपाली कांङ्गे्रसलाई जिताउन महत्पूर्ण भूमिका निर्वाह गर्दे नेपाली कांङ्ग्रेसलई सशक्त बनाउन, नेपाली कांग्रेसका कार्यकर्तालाई सूसुचित र संगठित बनाउन दोलखा जिल्लालाई समुन्नत ढंगले अगाडी बढाउन मेरो नेतृत्व आवश्यक रहेको छ ।’

विगत ३० बर्षदेखी नेपाली कांग्रसको भातृ संगठनमा आबद्ध हुँदै आएका खड्का यस अगाडी नेपाली कांग्रेसको ११ औ माहाधिवेसनको पूर्व प्रतिनिधी समेत रहेको जानकारी गराए ।

एकल नेतृत्व र गुटगत स्वार्थका कारण नेपाली कांग्रेस कमजोर बनेको उनको भनाई थियो । दोलखा सहित सबै जिल्लामा यो समस्या रहेको खड्काको भनाई छ । सामाजिक न्याय सहितको समाजवाद अबको आवश्यकता रहेको भन्दै नेता खड्काले थप सशक्त बनेर पार्टी र देश निर्माणमा जुट्नुपर्ने बताए ।