Logo

मेघनाथ पहाडी

भाद्र २९, २०७८ मंगलबार

काठमाडौंको क्षेत्रीय प्रतिनिधिमा विनोद बाँनियाको उम्मेदवारी


काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय प्रतिनिधिमा विनोद बाँनिया (गाेर्खे) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि बूढानीलकण्ठ – ११ तरुणदलका सभापति विनोद बाँनियाले क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संविधान सभा निर्वाचन देखि प्रतिनिधि सभा निर्वाचनमा उनले तरुण दलको नगर स्तरीय संयोजकमा समेत विशेष भुमिका निर्वाह गरेका थिए । लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश सदस्य समेत रहेका बाँनिया स्थानीय स्तरमा सबैले खोज्ने युवा नेताका रुपमा स्थापित रहेका छन् ।

स्थानीय तहमा आफ्नो वडा  तथा नगरपालिका भित्र रहेका नागरिकहरुको शुख-दुःखमा सहजै उपलब्ध हुने उनको स्वभावका कारण उनी परिचित मात्रै नभइ स्थापित समेत रहेका छन् ।

क्षेत्रीय प्रतिनिधिमा विनोद बाँनिया (गाेर्खे)को उम्मेदवारी किन ?
१. काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच, लक्ष्य, उदेश्य र विशेष योजनाका साथ अघि बढ्न ।
२. काङ्ग्रेस भित्र रहेको गुटवन्दी हटाउँदै साङ्ठानिक रुपमा बलियो काङ्ग्रेस बनाउन लागि पर्ने ।
३. पार्टी भित्र रहेका जनवर्गिय संगठनलाई चलायमान बनाउन ।
४. जहाँ युवा त्यहाँ काङ्ग्रेस अभियान संचालन गर्नुका साथै युवा वर्गमा भएको राजनिती प्रतिको वितिष्णा हटाउन ।
५. पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल पार्दै, पार्टीलाई पद्धति सम्बद संचालन गर्न ।

जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाई आत्मसात गर्दै काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने लक्ष्यका साथ क्षेत्रीय प्रतिनिधिमा विनोद बाँनिया (गाेर्खे)ले उम्मेदवारी घोषणा गरेका छन् ।