Logo

बागमती पेज

आश्विन २, २०७८ शनिबार

नक्सा पास तथा भवन निर्माण सम्बन्धी तालिम सम्पन्न


काठमाडौं । घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको (Electronic Building Permit System (eBPS) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने कागेश्वरी मनोहरा नगरपालिकामा भित्र हुनुपर्दछ।

कागेश्वरी मनोहरा नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली eBPS सम्बन्धी तालिम आज सम्पन्न भएको छ । सो तालिमको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नक्सा पास र भवन निर्माण कार्यलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले गरिरहेको बताउदै नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली (Electronic Building Permit System (eBPS) सम्बन्धी तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न नगरपालिकाले यस्तो प्रक्रियाको थालनी गरेको हेा। ‘समयको मागअनुसार नक्सा पासको शैलीलाई बदलेका हौं भन्ने कुरा नगर प्रमुखले बताउनु भएको थियो। शहरीकरणलाई व्यवस्थित बनाउनका लागि पूर्वी काठमाडौं शहरी विकास आयोजना मार्फत कार्य भैरहेको बताउदै नगर प्रमुख थापाले भवन निर्माण कार्यलाई व्यवस्थित बनाउनका लागि प्राविधिकहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नगरबासीहरुलाई असहज नहुने गरी प्राविधिकहरुले सहज र सरल रुपले सेवा प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरपालिकाले विद्युतिय माध्यमबाट नक्सा पास गर्ने कार्य गर्न लागेको र यसबाट नगरबासीहरुलाई सेवा लिन सहज हुने बताउदै नगरपालिकाले भवन निर्माण कार्यलाई व्यवस्थित गर्ने, लक्षित बर्गका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यानवयन गर्ने, विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउने लगायतका कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण शाखाका प्रमुख ईन्जिनियर उमेश जंग थापाले नगरबासीहरुलाई घरबाटै नक्सा पासको लागि आवेदन दिन सकिने र नक्सा पास कार्यलाई सहज र सरल बनाउने गरी कार्य भैरहेको बताउदै यसका लागि नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणाली (Electronic Building Permit System (eBPS) सम्बन्धी तालिमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रशासन शाखाका प्रमुख सीता अधिकारी लगायत नगरपालिकाका ईन्जिनियर तथा प्राविधिक कर्मचारीहरु र नगरपालिकामा परापर्श सेवा प्रदान गर्ने प्राविधिकहरुको सहभागिता रहेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकालाई नक्सा पास तथा भवन निर्माण व्यवस्थापन प्रणालीको प्राविधिक सहयोगको रुपमा फिनिक्स सोल्युसन्स् प्रा‍‍‍‍. लि.ले गरेको थियोजस्का प्रविधिक प्रमुख नविन धिमिरे पनि उपस्तिथि र साथसाथै प्रविधिक तालिम प्रक्षियण सहयोगी  दिपन बुर्झा र  रामेश्वर पाण्डेले प्राविधिकहरुलाई तालिमा प्रधान गर्नु भएको थियो भनि नक्सा शाखाका प्रमुख ईन्जिनियर उमेश जंग थापाले बताउनुभयो।