Logo

बागमती पेज

आश्विन २, २०७८ शनिबार

पहिलो अधिवेशनबाट शोभा गौतमको नेतृत्वमा निष्ठा महिला समूह


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा रहेको निष्ठा महिला समूहको दोस्रो साधारणसभा र पहिलो अधिवेशन सम्पन्न भएको छ ।

बूढानीलकण्ठ -१० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा निष्ठा महिला समूहको दोस्रो साधारणसभा, पहिलो अधिवेशन तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रवक्ता तथा वडाध्यक्ष भट्टराईले महिलाहरु अब सधै घरको काममा भन्दा पनि कसरी समाज परिवर्तन गर्ने ?भन्ने तर्फ लाग्नमा जोड दिएका थिए । उनले भने, रोजगारी खोज्दै हिड्ने भन्दापनि आफैले रोजगारीको दिन सक्ने किसिमका सीपमूलक क्षेत्रमा बूढानीलकण्ठ-१० लागि सकेको छ । त्यसै क्रममा निष्ठा महिला समूहले पनि आगामी दिनमा यस प्रकारका सीपमूलक योजना लिएर आएमा वडा तथा नगरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

निष्ठा महिला समूहको पहिलो अधिवेशनबाट शोभा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रमको सभाध्यक्ष तथा संस्थापक अध्यक्ष उमा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव शोभा गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नवगठित कार्यसमितिः
अध्यक्ष :
शोभा गौतम
उपाध्यक्ष : नम्रता चन्द
सचिव : उर्मिला कोईराला
कोषाध्यक्ष : पार्वती अधिकारी
सहसचिव : स्वस्ती उपाध्याय
सदस्यहरुः
मीना निरौला
सविता थापा चयन भएका छन् ।