Logo

बागमती पेज

आश्विन ३, २०७८ आईतबार

संविधान दिवसको अवसरमा चितवनका २३ कैदीलाई आममाफी


चितवन । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीलाई आममाफी दिएका छन् ।

बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिनपारि राष्ट्रपतिले आममाफी दिने गरेकी हुन् । जसमा आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका जेलर प्रमुख कमल काफ्लेले बताएका छन् ।

आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नौ जना, कर्तव्य ज्यानका तीन जना, ज्यान मार्ने उद्योगका दुई जना, बहुविवाहका चार जना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी रहेका छन् ।

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले जानकारि दिए ।

बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष रहेका छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेको छ । भने यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको समेत जेलर प्रमुख कमल काफ्लेले जनाएका छन्  ।