Logo

बागमती पेज

आश्विन ५, २०७८ मंगलबार

नयाँ नोटको वितरण सुरु


नेपाल राष्ट्र बैङ्कले दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैङ्कले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यालय मार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।

राष्ट्र बैङ्कका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैङ्क तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् ।

केन्द्रीय बैङ्कले साेमबार देखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ ।

प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैङ्कले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन ।