Logo

मेघनाथ पहाडी

आश्विन १०, २०७८ आईतबार

नेकपा एस काठमाडौंको क्षेत्रीय अध्यक्षमा धुर्वराज न्यौपाने र सचिवमा पुरुषोतम नेपाल !


काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नं. ४ को अध्यक्षमा धुर्वराज न्यौपाने र सचिवमा पुरुषोत्तम नेपाल आउने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नं ४ का १२ वटा वडाहरुमा राजनीतिक र सांगठानिक नेतृत्वका लागि न्यौपाने र नेपालको नेतृत्वमा कमिटी घोषणा गर्ने अन्तिम तयारी गरिएको छ ।

नेकपा एस काठमाडौं क्षेत्र नं ४ को अध्यक्ष बनेका न्यौपाने नेकपा एमाले साविक कपन गाउँकमिटीमा तिन कार्यकाल अध्यक्षका रुपमा योगदान पुर्याएपछि क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए ।

अवको राजनीतिमा युवाहरुको भूमिका र स्थान आवश्यक रहेको बताउँदै आएका उनले जिल्ला खेलकुद विकास समिती काठमाडौं अध्यक्षका रुपमा खेलकुद क्षेत्रको नेतृत्वको जिम्ममेवारी सम्हाली सकेका छन् ।

नेपाल कुरांश संघका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले आगामी दिनमा काठमाडौं क्षेत्र नं ४ मा अग्रज, युवा र अनुभवी नेता तथा कार्यकर्ताहरुको टिम बनाएर संगठन विस्तार र जनसेवामा लाग्ने बताएका छन् ।

त्यस्तै नेकपा एसको क्षेत्रीय सचिव बनेका पुरुषोत्तम नेपाल नेकपा एमाले साविक कपन गाउँ कमिटीको उपसचिव तथा नगरपालिका घोषणा पश्चात वडा नं १२ को अध्यक्ष रहेका थिए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को सदस्यमा निर्वाचित भएर नगरपालिकाको सार्वजनिक लेखा समिति संयोजक समेत रहेका नेपाल काठमाडौं जिल्लाको सहकारी आन्दोलनमा पनि महत्वपूणर् जिम्मेवारीमा रहेका छन् ।