Logo

बागमती पेज

आश्विन १२, २०७८ मंगलबार

बूढानीलकण्ठमा वृहत रेविज भ्याक्सिनेशन कार्यक्रमको शुरुवात, कुन वडामा कहिले ?


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाले विश्व रेविज दिवसको अवसर पारेर भ्याक्सिनेशन कार्यक्रमको शुरुवात गरेको छ ।

बूढानीलकण्ठ-२ का वडाध्यक्ष राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम ‘रेविज: तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ विश्व रेविज दिवस २०७८ को शुरुवात गरेको हो ।

नगर भित्र घर पालुवा तथा अन्य समुदायमा रहेका कुकुरलाई भ्याक्सिन लगाईने पशुसेवा शाखा प्रमुख काजी बहादुर श्रेष्ठले बागमती पेजलाई जानकारी दिएका छन् । आज चपली घुम्तिमा भएको कार्यक्रमा १२९ वटा कुकुरलाई भ्याक्सिन लगाईएको थियो ।

भोलि असोज १३ गते बूढानीलकण्ठ-११ र १२ का कुकुरलाई भ्याक्सिन लगाईने समेत पशु चिकित्सक काजी श्रेष्ठले जनाएका छन् ।

कहाँ कहिले हुँदैछ भ्याक्सिनेशन कार्यक्रम :