Logo

बागमती पेज

आश्विन १४, २०७८ बिहीबार

रत्नगंगा मावि सोखु डिहिटारको भवन पूर्वमन्त्री गणेश पहाडीद्वारा उद्घाटन


सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ६ स्थित सोखुडिहिटारको रत्नगंगा माध्यमिक विद्यालय पूर्व सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री तथा सांसद गणेश कुमार पहाडीद्वारा उद्घाटन भएको छ ।

नेपल सरकारको ७० लाख आर्थिक सहयोगमा नवनिर्मित ४ कोठे र नर्बे सरकारकारको ३ करोड ३२ लाख आर्थिक सहयोगमा निर्माण सम्मपन्न आठ कोठे भवन उद्घाटन गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भण्डारीले बागमति पेजलाई जानकरी दिएका छन् ।

पूर्वमन्त्री तथा सांसद गणेश कुमार पहाडीले विद्यालय भौतिक रुपमा मात्र सुन्दर बनाउने भन्दा पनि गुणस्तरिय शिक्षामा ध्यान दिन आवश्यक रहेको बताएका थिए । रत्नगंगा माविलाई अझ भौतिक तथा शैक्षिक रुपमा सुधार गर्न आवश्यक पर्ने विभिन्न साथ सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।

गाँउपालिका प्रमुख घनश्याम कार्कीले पालिका भित्र भएका सबै विद्यालयहरुमा शैक्षिक गुणस्तरका लागि पालिकाले विभिन्न योजना तयार गरेको जानकारी गराएका छन् । पालिका भित्रका विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन लागि परेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भण्डारीले २०५१ सालमा खरको छनो र बासको टाटीबाट स्थापना भएको विद्यालय आज यो अवस्था सम्म ल्याउन पाउँदा खुशी व्यक्त गर्दै विद्यालयको बाहिरी आवरणले मात्र पढाई राम्रो नहुने भन्दै शिक्षकहरुलाई पढाईमा गुणस्तर ल्याउन समेत आग्रह गरेका थिए ।

गाँउपालिका प्रमुख घनश्याम कार्की, प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपाने, फिक्कल गाँउपालिका वडा नं ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता राजु बराल, वडा नं. ३ का वडाध्यक्ष टेक बहादुर रजन मगर, वडा नं. ६ का वडाध्यक्ष खड्ग नेपाली, शिक्षक संगठन अध्यक्ष ठाकुर फुयाल लगायत अन्य शिक्षाप्रेमी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।