Logo

बागमती पेज

कार्तिक ६, २०७८ शनिबार

नेकपा एस भरतपुर-२१ को अध्यक्षमा बलराम सापकोटा चयन


चितवन । नेकपा (एकीकृत समाजवादी) भरतपुर महानगरपालिका–२१ को वडा अध्यक्षमा बलराम सापकोटा चयन भएका छन् ।

शुक्रबार भएको वडा कमिटी गठन कार्यक्रमा सोपकोटाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन भएकाे हाे । कमिटीको उपाध्यक्षमा मंगल तामाङ र सुकबहादुर गुरुङ, सचिवमा कृष्णप्रसाद गौतम, सह–सचिवमा कोपिला उपरकोटी र हरिषचन्द्र पन्त रहेका छन् ।

नयाँ कमिटी गठन गरिएसंगै वडामा कार्यालय समेत समुद्घाटन गरिएको थियाे । कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ रहेका थिए । कार्यक्रममा बोल्दै उनले पार्टीले तल्लोतहसम्म छिट्टै संगठन विस्तार गर्ने बताए । उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टी संगठन विस्तारलाई अभियानकै रुपमा तल्लोतहसम्म लैजान समेतआग्रह गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य चितवन इन्चार्ज एवं बागमती प्रदेशका पूर्व मन्त्री कृष्ण खनाल विशिष्ट अतिथि रहेका थिए ।

मेखबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज सूर्य शर्मा, चितवन जिल्ला अध्यक्ष डा.कृष्ण पन्त, उपाध्यक्ष कृष्णराज न्यौपाने (लब्ली), महानगर इन्चार्ज नरेन्द्र कुमार कङदङवा, भरतपुर महानगर कमिटी अध्यक्ष विष्णुराज महतो, महानगर कमिटि उपाध्यक्ष केशब पाेखरेल लगायतको उपस्थिति रहेको थियो ।