Logo

बागमती पेज

कार्तिक १०, २०७८ बुधबार

बूढानीलकण्ठको अध्यक्षमा डंगोल, उपाध्यक्षमा भट्टराई र सचिवमा श्रेष्ठ चयन


काठमाडौं । नेकपा एमाले नगरपालिका अधिवेशनअन्तर्गत काठमाडौंको बूढानीलकण्ठ नगरपालिका अध्यक्षमा प्रदिप डंगोल, उपाध्यक्षमा शम्भु भट्टराई र सचिवमा श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी उपसचिवमा सरिता गुरुङ र दोर्जे लामा निर्वाचित भएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकामा प्रदिप डंगोलको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति चयन गरिएको सचिव श्रीकृष्ण श्रेष्ठले बागमती पेजलाई जानकारी दिए ।

नेकपा एमाले काटमाडौं जिल्ला सचिव दीपक निरौंलाका अनुसार काठमाडौंका सबै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरिएपनि किर्तिपुर नगरपालिकामा भने हाललाई स्थगित गरिएको छ । सचिव निरौलाले भने किर्तिपुरमा पनि केही दिनमा सर्वसम्मत नेतृत्व चयत गर्न पहल गर्नेछौं ।