Logo

मेघनाथ पहाडी

कार्तिक १४, २०७८ आईतबार

नेकपा एकिकृत समाजवादी काठमाडौंको क्षेत्रीय अध्यक्षमा न्यौपाने र सचिवमा नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नं. ४ को अध्यक्षमा धुर्वराज न्यौपाने र सचिवमा पुरुषोत्तम नेपाल चयन भएका छन् ।

त्यसैगरी क्षेत्रीय समितिको उपाध्यक्षमा ललितमान श्रेष्ठ र उप-सचिवमा सन्तोष तिमिल्सिनालाई चयन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को काठमाडौं क्षेत्र नं. ४ स्तरिय कमिटी गठन भएको कार्यक्रम मार्फत धुर्वराज न्यौपानेको नेतृत्वमा ५७ सदस्यीय कमिटी गठन गरिएको छ ।

बागमती प्रदेश अध्यक्ष सावित्रा भुषालको प्रमुख आतिथ्यतामा शनिबार मित्रपार्कमा भएको कार्यक्रमले न्यौपानेलाइ अध्यक्ष र नेपाललाई सचिवमा सर्वसम्मतरूपमा जिम्मेवारी प्रदान गरेको थियो ।