Logo

बागमती पेज

कार्तिक २२, २०७८ सोमबार

संविधान संशोधन सरकारको प्राथमिकता: गृहमन्त्री खाण


जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारले जनताको चाहना र भावनाअनुसार काम गरिरहेको दाबी गरेका छन् ।

सोमबार जनकपुर आएका गृहमन्त्री खाणले नेपाली काँंग्रेस धनुषाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकार विस्तारमा ढिलाइ भए पनि सरकारले जनताको चाहनाअनुसारका कामलाई अगाडि बढाइरहेको बताए ।

विधिको शासन र संविधानको रक्षाका निम्ति निर्माण भएको सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर रहेको मन्त्री खाणले बताए । संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरेर सबै जनतालाई मान्य हुने गरी संविधान बनाउन् पक्षमा वर्तमान सरकार रहेको मन्त्री खाणको भनाइ थियो ।

केही दिनअघि आएको बाढी-पहिरोले ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्थासमेत गरेको मन्त्री खाणले बताए । सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको खाणले जनाए । न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।