Logo

बागमती पेज

कार्तिक २४, २०७८ बुधबार

काठमाडौंबाट महाधिवेशन प्रतिनिधिमा लड्ने युवा नेता पुन्यराज पुडासैनीको घोषणा


काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पत्रकार पुन्यराज पुडासैनीले दशौ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन् ।

यहि कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै पुडासैनीले काठमाडौ क्षेत्र नं ४ मा नेकपा एमालेको गौरवपूणर् इतिहास फर्काउन आफ्नो उम्मेदवारी दिने बताएका हुन् ।

क्षेत्र नं ४ मा लगातर तीन पटक भोगेको पराजयलाई उल्टाउन सशक्त युवा नेतृत्व र जुझारु नीति आवश्यक रहेको भन्दै उनले अग्रजहरुका लागि सम्मानित स्थान र युवाहरुका लागि उचित अवसर भन्ने नारा लिएर मैदानमा उत्रिने घोषणा गरेका छन् ।

२०५२ सालमा तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपालबाट औपचारिक राजनीतिक यात्रा शुरु गरेका उनले तिन पटक काठमाण्डौ क्षेत्र नं ४ को सदस्य रहेर विभिन्न जिम्मेवारी पुरा गरेका छन् ।

हाल नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य समेत रहेका पुडासैनीले यस अघि युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग, बस्ढानीलकण्ठ नगर कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने २०७४ सालको स्थानीय र संघीय निर्वाचनमा प्रचार प्रसार समितिको सचिवका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् ।

काठमाण्डौ क्षेत्र नं ४ युवा संघका पुर्व सचिव समेत रहेका उनले २०७४ सालको संघीय निर्वाचनमा उम्मेदवार रहेका डा. राजन भट्टराईको प्रेस संयोजकको रुपमा जिम्मेवारीमा रहेर काम गरेका थिए भने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका निर्वाचन परिचालन कमिटीको सचिवालय रहेर नेकपा एमालेको प्रचार अभियानको कमाण्ड सम्हालेका थिए ।

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई पराजित गर्नका लागि हाल सम्म अवलम्बन गर्दै आएको नीति ,विधि ,शैली ,सोच र तरिकामा व्यापक परिवर्तन गर्नुपर्ने आवाज निरन्तर उठाउदै आएका उनले महाधिवेसन प्रतिनिधिमा सहयोग गर्नका लागि सबैमा अनुरोध समेत गरेका छन् ।