Logo

डिलकुमारी नेपाल

कार्तिक २८, २०७८ आईतबार

बागलुङमा छैठौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन


नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघले बागलुङको बुर्तिबाङमा आयोजना गरेको छैठौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शनिबार अाज औपचारिक उद्घाटन गरेकाे छ। प्रतियोगिता शुक्रबार देखि सुरु भएता पनि उद्घाटन भने शनिबार आज गरिएको थियाे।

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीकाे प्रमुख अतिथिमा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिता अाज विधिवत उद्घाटन गनुभएकाे थियाे। नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुल बहादुर बुढा (कुशल)ले पत्रकारलाई जानकारि दिनुभयाे ।

उक्त कार्यक्रममा बाेलदै मेयर नेपालीले सरकारले खेलकुदकाे विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयाे । उहाँले सबैका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले राम्रो खेलाडीहरुको उत्पादन र संरक्षणमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । बागलुङ जिल्लामा पनि खेलकुदको पर्याप्त सम्भावना छ,भनदै बागलुङका विभिन्न क्षेत्रमा खेलकुद पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनु भएकाे छ ।

नगर प्रमुख देव बहादुर नेपालीले भन्नुभयो- बागलुङका खेलाडीले विभिन्न खेलहरुमा अन्तराष्ट्रिय स्तर सम्म पहिचान बनाउन सफल भएका छन्, उनिहरुको पहिचान र प्रोत्सहान पनि राष्ट्रका लागि निकै आवश्य रहेकाे छ भन्नू भयाे । उहाँले साे कार्यक्रममा खेलकुदमा खेलाडीहरुलाई राष्ट्रका गहना हुन भनदै नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघलाई व्यक्तिगत रुपमा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभयाे।

यस्तै विशिष्ट अतिथि म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न समेत सिकाउने बताउनुभयाे । यसरी बेला -बेलामा आयोजना हुने प्रतियोगिताहरूले राष्ट्रिय खेलकुदमा विकासको ठुलाे फडकाे मारने उहाँको दाबि रहेको छ । साेहि कायकरमलाई अध्यक्ष रोकाले महासंघका हितका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकाे थियाे ।नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, नेकपा एमालेका टंक प्रसाद पौडेल लगायतको विशेष उपस्थिति रहेयाे ।

स्पाएरिङ, ब्रेकिङ, प्याटन र डेमोस्ट्रेशन गरि चार विधामा आयोजित प्रतियोगितामा पाँच वटा प्रदेशका करिव २ सय ८० जना खेलाडीको सहभागिता रहेको प्रतियोगिता अाईतबार सकिने आयोजकले जनाएको छ ।

महासंघका सदस्य अुनप बुढा मगरको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन भने महासचिव रमेश विश्वकर्माले गर्नुभएको हाे।