Logo

मेघनाथ पहाडी

मंसिर १, २०७८ बुधबार

शैलुङ गाउँपालिकामा उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार


काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाले ८० जना उत्कृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

कृषकहरुलाई पालिका अध्यक्ष भरतप्रसाद दुलाल मार्फत सम्मान तथा पुरस्कार वितरण गरिएको हो । पालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रत्येक वडाबाट छनौट गरिएका १०/१० जना उत्कृष्ट हरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख गंगामाया जिरेलले बागमती पेजलाई जानकारी दिएका छन् । उनका अनुसार ५५ जनालाई सुधारिएको चुलो र २५ जनालाई टनेल समेत पालिकाले सम्मान स्वरुप प्रदान गरेको हो ।

सम्मानले आफुहरुलाई कृषि पेषामा लाग्न थप प्रोत्साहन मिलेको कृषकहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन भएको वर्षबाट पालिकाले कृषि क्षेत्रलाई प्राथामीकतामा राखेर काम गरिरहेको उनीहरुको भनाई रहेको छ ।

जिल्लाका ९ वटा स्थानीय तह मध्ये एक वडा एक कृषि र एक पशु प्राविधिक पहिलो पटक शैलुङ गाउँपालिकाले राखेको थियो ।