Logo

मेघनाथ पहाडी

मंसिर १, २०७८ बुधबार

बूढानीलकण्ठबाट नक्कली नोट छाप्ने तीन जना पक्राउ


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकमा नक्कली नोट छाप्ने ३ जना पक्राउ परेका छन् ।

बूढानीलकण्ठ-११ कपन कपन गुम्बा नजिक नक्कली नोट र सो बनाउन प्रयोग गरिएको मेसीन सहित एकै परिवारका तीनजनालाई उक्राउ गरिएको हो ।

महानगरीय प्रहरीकार्यालय बौद्धले सिन्धुपालचोक जिल्ला इन्द्रावती गाउपालिका माथिल्लो गथे स्थाई घर भएका अन्दाजी २६ वर्षका संजोग थापा मगर, उनकी हजुर आमा र नातिनिलाई कपन राममन्दिर बाट पक्राउ गरिएको थियो ।

प्रहरीले उनीहरुलाई प्रमाण सहित पक्राउ गरेर थप कारवाही अगाडी बढाएको वडा नं ११ का सदस्य बिनोद तामाङ्गले बागमती पेजलाई जानकारी दिएका छन् ।

उनीहरुले नेपाली रुपैँया एक सय, ५ सय र १ हजार दरका नक्कली नोट बनाईरहेको अवस्थामा उक्राउ गरिएको हो ।

उनीहरुले कपनमा डेरालिएर एचपीको कलर प्रिन्टर प्रयोग गरेर पैसा छापेर हजुर आमा र नातिनिलाई बजारमा पठाई नक्कली नोट साट्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।