Logo

भवानी कार्की

मंसिर १०, २०७८ शुक्रबार

एमाले केन्द्रीय सदस्यमा न्यौपानेको उम्मेदवारी


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले १० औँ महाधिवेशनमा तुलसी प्रसाद न्यौपानेले प्रदेश १ बाट केन्द्रीय सदस्य लागी उम्मेदवारी दिने भएका छन् ।

प्रदेश नं १ का निवर्तमान आर्थिक मन्त्री तथा प्रदेश सभा सदस्य समेत रहेका न्यौपानेले केन्द्रीय सदस्यका लागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विगत ४३ वर्षदेखी राजनीतिक तथा संगठनात्मक रुपमा सक्रिय रहदैं आएका नेता न्यौपानेले पार्टीको निर्देशन बमोजिम पार्टी र संगठनमा सधै सक्रियताका साथ आफ्नो निम्मेवारी पुरापरेको बताए । आफु नेकपा एमालेको केन्द्रीय सदस्यको लागी योग्य भएको नेता न्यौपानेको दावी छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न आसन्न १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको जिम्मेवारीका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै नेता न्यौपानेले दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सामु अपिल गरेका छन् ।