Logo

मेघनाथ पहाडी

मंसिर ११, २०७८ शनिबार

नेकपा माओवादी केन्द्र फिक्कलको अध्यक्षमा कार्की र सचिवमा सुनुवार निर्वाचित


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र फिक्कल गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा लोकेन्द्र कार्की र सचिवमा शुक्र बहादुर सुनुवार (प्रभात)लाई सर्वसम्मत निर्वाचित गराईएको छ ।

शनिबार फिक्कलमा भएको प्रथम सम्मेलनमा बागमती प्रदेश समिती सदस्य प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता तथा लोकेन्द्र कार्किको अध्यक्षतामा भएको कार्यक्रमबाट ५३ सदस्यीय गाउँपालिका संगठन समिति गठन गरिएको हो ।

उक्त सम्मेलन मार्फत फिक्कल ईन्चार्ज मुरारी भण्डारी, सह-ईन्चार्ज शिव प्रसाद पहाडी र कृष्ण पाख्रिन तोकिएका छन् ।

अध्यक्ष – लोकेन्द्र कार्की
उपाध्यक्ष
– भेष बहादुर थापा
– भगवती पहाडी
– सुर्य बहादुर क्षेत्री
सचिव –  शुक्र बहादुर सुनुवार प्रभात
सह-सचिव – उमेश पहाडी
कोषाध्यक्ष – चन्द्र बहादुर मगर

त्यसैगरि बिष्णु बहादुर सुनुवार (बिक्रम)को संयोजत्वमा नेकपा माओवादी केन्द्र फिक्कल बुद्धिजीवी तथा सल्लाहकार समिती समेत गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश समिती सदस्य प्रकाश श्रेष्ठ, ईन्चार्ज मुरारी भण्डारी, अखिल नेपाल शिक्षक संगठन फिक्कलका अध्यक्ष फडिन्द्र पहाडी, सह-ईन्चार्ज कृष्ण पाख्रिन लगायतले सम्बोधन गरेका थिए ।

५१ जना पार्टी प्रवेश
सम्मेलनमा नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायतका पार्टी परित्याग गरि ५१ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश समिती सदस्य प्रकाश श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै पार्टी प्रवेश गराए ।

कार्यक्रममा स्वागत मन्तव्य माधव घिमिरेले राखेका थिए भने कार्यक्रम संचालन शुक्र बहादुर सुनुवारले गरेका थिए ।