Logo

मेघनाथ पहाडी

मंसिर ११, २०७८ शनिबार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा गोलाप्रथाबाट अर्चना लुईटेल निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट निणर्य लिइएको छ । दुई उमेद्वारको मत बराबर भए पछि गोलाप्रथाबाट विद्यार्थी नेता अर्चना लुईटेल निर्वाचित भएकी हुन् ।

समावेशी कोटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए । दुईमध्ये एक छान्न कतिले पुनःमतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गोलाप्रथा गरेर निर्वाचित गराउने विधि रहेको बताए ।

गोलाप्रथा गर्दा लुइँटेलको भागमा निर्वाचितको चिठ्ठा परी उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।