Logo

बागमती पेज

मंसिर १७, २०७८ शुक्रबार

१०० वर्ष कटेका जेष्ठ नागरिकलाई बूढानीलकण्ठ नगरपालिकाको सम्मान


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा १०० वर्ष उमेर कटेका ८ जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

नेकपा एमालेका बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र नगरप्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा १०० वर्ष उमेर कटेका ज्येष्ठ नगरवासीलाई सम्मान गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिकामा बसोवास गर्दै आएका एक सतक भन्दा बढी उमेर बिताएका अम्बिका देवी कुइकेल, अनक कुमारी थापा, भिम कुमारी धिताल, चन्द्र बहादुर खड्का, जगत कुमारी श्रेष्ठ, खड्ग माया गुरुङ, लक्ष्मी प्रसाद गिरी र माइली तामाङ्गलाईसम्मान गरिएको थियो ।