Logo

बागमती पेज

मंसिर २६, २०७८ आईतबार

परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ


काठमाडौँ । म हैन हामि भनौ एक हैन सबै जुटौँ भन्ने नारासहीत परिपुर्ण बहुउद्येश्यीय सहकारी संस्थाको एक कार्यक्रमको विच सुभारम्भ भएको छ । समाजमा अनुत्पादक रुपले छरिएर रहेको स–सानो पुँजिलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगाउने उद्येश्यका साथ उक्त सहकारिको सुरुवात भएको हो ।

संस्थामा आबद्ध सदस्यहरुसँग रहेको निष्क्रिय पुँजिलाइ स्वच्छ प्रतिस्पर्धाद्धारा उत्पादनमुलक क्षेत्रमा लगानि गरि सम्पुर्ण सदस्यहरुलाइ आत्मानिभर बनाउनको लागि यो सहकारिको स्थापना भएको हो । सहकारिको मर्म र भावलाइ आत्मासाथ गर्दै सहकारिको मुल्य मान्यता सिद्धान्त नितिनियम तथा परिधिभित्र रहि समाज र समुदायमा एक स्तरिय र प्राथमिक वित्तिय सहकारि संस्थाको रुपमा स्थापित गर्ने यस सहकारिको परिकल्पना रहेको छ ।

उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै प्रमूख अतिथिको रुपमा रहनुभएको भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धरले आफनो ठाउँमा यस्ता उद्योग सञ्चालन हुनु भनेको सुखद भएको भन्दै खुसि व्यक्त गररे । कोरोनाको समयमा पनि बिभिन्न उद्योथ तथा संघसंस्थाको आर्थिक उत्थानका लागि ठुलो सहयोग गरेको जनकारि दिँदै सहकारि लगायत आफ्नो क्षेत्रमा सञ्चालन भएका साना तथा ठुला उद्योगका लागि सकेको सहयागे गर्ने बताए ।

कार्यक्रममा परिपुर्ण सहकारिका अध्यक्ष आकास थिङ्गले स–सानो पुँजिलाइ संकलन गरि आफुमा भएको श्रम र सिपको अधिकतम प्रयोग गरि उत्पादनशिल क्षेत्रमा लगानि गरि धेरै भन्दा धेरै मानिसलाइ रोजगारि प्रदान गर्ने बताए । म हैन हामि भनौ एक हैन सबै जुटौँ भन्ने नारासहीत सहकारिको स्थापना भएकाले सबैलाई सँगसँगै लैजाने प्रतिवद्दता जनाएका थिए ।

सहकारिका प्रबन्ध निर्देशक समिर कार्किले पनि उद्घाटनको समयमा आफ्नो मनतव्य राखेका थिए । सहकारीकि बोर्ड मेम्बर रहेकि छोरि सिल्पाकारले पनि सहकारिको माद्यमबाट सबैलाइ सहयोग गरि आर्थिक उत्थानमा सहयोग गर्न तयार रहेको बताइन् ।

थ्रि एआरएस कम्पनिद्धारा सञ्चालित यस सहकारिको प्रधान कार्यलय भक्तपुरको राधेराधेमा रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धर रहेका थिए भने सहकारि संस्थाका अध्यक्ष आकास थिङ्ग, सम्पुर्ण सञ्चालक समितिका पदाधिकारि लगायत कर्मचारिको उपस्थीति रहेको थियो ।