Logo

बागमती पेज

मंसिर २९, २०७८ बुधबार

एमालेको मनोनित ४४ केन्द्रीय सदस्यको शपथ ग्रहण आज


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।