Logo

बागमती पेज

मंसिर २९, २०७८ बुधबार

बसन्त मानन्धरले पाए बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयकाे जिम्मेवारी


काठमाडौँ । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रीमा बसन्त मानन्धर नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मानन्धर यस अघि काठमाडौँ जिल्ला अध्यक्ष रहेका थिए ।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ७ (१) बाट बागमती प्रदेश सभामा निर्वाचित भएका मानन्धरलाई मन्त्रि परिषद् विस्तारमा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रीको जिम्मेवारी प्रदान गरिएको हो।