Logo

बागमती पेज

पुस ३, २०७८ शनिबार

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा रामहरीको ९४४ पुग्यो, अरु कसको मत कति ?


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ ।

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा रामहरी खतिवडाको मत ९४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् । १०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने रमेश लेखकले ९६९ मत पाएका तेस्रो स्थानमा छन् ।