Logo


काठमाडौं । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।

लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।

कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए ।