Logo

बागमती पेज

पुस ४, २०७८ आईतबार

ओखढुंगाका रामहरी खतिवडा लोकप्रिय मत सहित केन्द्रीय सदस्यमा विजयी


काठमाडौं । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ओखढुंगाका रामहरी खतिवडा लोकप्रिय मत सहित केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य मध्ये लोकप्रिय मतका साथ युवा नेता खतिवडा २८३२ मत प्राप्त गरि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

काँग्रेस खुला तर्फको केन्द्रीय सदस्यमा ३५ जना मध्ये सर्वाधिक मत डा.शशांक कोइरालाले ल्याएका छन् । यस्तै शीर्ष १० मत ल्याउनेमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी रहेका छन् ।