Logo

बागमती पेज

पुस ८, २०७८ बिहीबार

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना


काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ र प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज राति देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।