Logo

बागमती पेज

पुस १५, २०७८ बिहीबार

एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत


काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोनको विजेता बनेको महिला भलिबल टिम स्वदेश फर्किएको छ । लगातार दोस्रोपटक च्याम्पियन बनेको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो ।

भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए । साथै, बाजागाजा र सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेिका छन् ।