Logo

मेघनाथ पहाडी

पुस १८, २०७८ आईतबार

जनहित सेवा समाजको भवन उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा जनहित सेवा समाजको भवन उद्द्घाटन भएको छ । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको हो ।

भवन उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, उप प्रमुख रमादेवी राई, वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङ, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं. ९ की प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की तथा वडाका अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बूढानीलकण्ठ–८ का ७० वर्ष भन्दा माथिका २०० जनालाई सम्मान गर्दै चिसोमा तातो पानी पिउन र विभिन्न रोगबाट बच्न थर्मस उपलब्ध गराईएको वडा सदस्य माधव पौड्यालले जानकारी दिएका छन् ।

कार्यक्रममा डा. राजन भट्टराईले बूढानीलकण्ठका समग्र विकासमा ध्यान दिदै नगरका भौतिक पुर्वाधार निर्माण विकासमा विशेष भूमिका खेलेको गरे । नगर तथा विकासका काममा वडाका जनप्रतिनिधिहरुले चलाखि पुर्ण ढंगले काममा ध्यान दिए समेत उनले आग्रह गरेका थिए ।

वडा नं ८ ले विगतमा पनि यस किसिमका कार्यmक्रमहरु गर्दै आएको थियो र आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रम गर्ने वडाको योजना रहेको वडाध्यक्ष सुमन तामाङले जनाएका छन् ।

नगर कार्यपालिका सदस्य दुर्गा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा राजेन्द्र रोक्का क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।