Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।

आइतबार भरतपुरस्थित आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको जानकारी दिइन् । महानगरले अब रंगशालाका लागि काम अघि बढाउने उनले बताइन् ।

मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने पनि बताइन् । मेयर दाहालले भनिन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ ।