Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा


भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन भएका छन् । शनिबार जारी पार्टीको आठौं जिल्ला अधिवेशनको बन्द सत्रबाट देउजा अध्यक्ष भएका हुन् ।

एमाले भक्तपुर जिल्ला कमिटीको उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहन वीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाल चयनको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए।

देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।