Logo

मेघनाथ पहाडी

पुस २८, २०७८ बुधबार

एमाले जिल्ला अधिवेशनबाट फिक्कलमा को-को बने प्रतिनिधि !


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीको सातौ जिल्ला अधिवेशनमा फिक्कलबाट ९ जना प्रतिनिधि चुनिएका छन् ।

पुस २३ गते बाट शुरु भएको सातौ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा निकै कसरत गरेपनि अन्तत निर्वाचन मार्फत जिल्ला अध्यक्षमा कुमार बहादुर कार्की निर्वाचित भएका थिए ।

जिल्ला अधिवेशनबाट खुला, खुला महिला, आदिवासी जनजाती र भूगोलबाट गरि फिक्कलका ९ जना पदाधिकारी चुनिएका छन् । जिल्ला अधिवेशन प्रतिनिधिमा खुला तर्फबाट अत्याधिक बहुमत ल्याएर फिक्कल वडा नं ५ का वडाध्यक्ष तथा प्रवक्ता राजु बराल विजयी भएका हुन्, भने खुला तर्फबाटै फडिन्द्र पहाडी र केशब राज पहाडी विजयी बनेका छन् ।

त्यसैगरी खुला महिला तर्फबाट फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार र अनिता पहाडी निर्वाचित भएका छन् । वडा नं. ३ का वडाध्यक्ष टेक बहादुर रजन मगर र महेन्द्र बहादुर सुनुवार आदिवासी जनजाती खुला तर्फबाट निर्वाचित भएका हुन् । फिक्कल भुगोल खुलाबाट वडा नं. ४ का वडाध्यक्ष गोपाल बहादुर आले मगर र वडा नं. २ का वडाध्यक्ष शंकर भण्डारी निर्वाचित बने ।