Logo

बागमती पेज

माघ १, २०७८ शनिबार

योगदान राष्ट्रको लागि सुनसरी जिल्ला कमिटी गठन


काठमाडाैं । योगदान राष्ट्रको लागि सुनसरी जिल्ला कार्य समितिको विधिवत रुपमा गठन भएको छ । सामाजिक एवं मानवीय सेवा कार्य गर्ने उद्देश्य लिएको संस्थाको सुनसरी अध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा पुस्प ढुङगाना, सचिवमा रत्न रम्तेल, कोषाध्यक्षमा प्रल्लाद चन्द्रवंशी सहितको २१ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गरिएकाे हाे ।

कार्यक्रममा केन्द्रिय सदस्य चेतना निरौलाले नव गठित समितिले मानवीय सेवा एवं सामाजिक क्षेत्रमा सकारात्मक कार्य गर्ने अपेक्षा सहित उक्त समितिलाई बधाई एवं कार्यकालकाे शुभकामना दिए।

नव निर्वाचित जिल्ला अध्यक्ष नरेन्द्र बस्नेतले आफुलाई योगदान राष्ट्रको लागि सस्था र दुघर्टनामा सयौं मानिसको ज्यान बचाउन सहयोग पुग्ने विश्वास राख्दै आफु यस संस्था प्रति प्रभावित भएको धारणा व्यक्त गरे ।

योगदान राष्ट्रको लागि अभियानले देशभरिका ६५ जिल्ला भन्दा बढी जिल्लाहरुमा कमिटी सक्रिय रुपमा स्वयमसेवकहरु विभिन्न आपतकालीन अवस्थामा‌ सेवा तथा उद्धार प्रदान भईरहेको छ ।

संस्थाको केन्द्रीय सदस्य चेतना निरौलाका अनुसार यस संस्थाको मुख्य उद्देश्य राज्यमा आपतकालीन तथा दुर्घटनामा को अबस्थामा उद्धार तथा स्वास्थ्य क्षेत्रमा जनचेतामूलक कार्यक्रमा, नि:शुल्क प्राथमिक उपचार तालिम तथा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा प्रदान गरिने रहेकाे छ ।