Logo

मेघनाथ पहाडी

माघ ६, २०७८ बिहीबार

एमाले बागमती सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी र सचिवमा पाठक निर्वाचित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा अशोक ठकुरी र सचिवमा उत्तम पाठक निर्वाचित भएका छन् ।

पूर्व विधार्थी नेता तथा लामो समय पार्टीको सम्पर्क मन्चमा काम गरेका अशोक ठकुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा सिन्धुलीको सम्पर्क मन्च हुँदै पार्टीको जनकपुर सम्पर्क मन्च र बागमती प्रदेशको सचिवालयमा काम गरेका पीएचडी होल्डर दुर्गा दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी उपसचिवमा सरोज मोहन लामा र विष्णु प्रसाद खनाल ‘विवेक’ सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।

विभिन्न जिल्लाबाट प्रदेश सम्पर्क कमिटीका सदस्यहरु :

  • इन्द्र पहाडी
  • उमेश दाहाल
  • इन्द्र प्रसाद लामिछाने
  • धन बहादुर पुलामी मगर
  • प्रभा बराल
  • मन्जुश्री लामा
  • राजकुमार ठकुरी रहेका छन् ।