Logo

बागमती पेज

माघ ९, २०७८ आईतबार

ओखलढुंगा दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु, ३ घाईते


काठमाडौं । ओखलढुंगामा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले बोलेरो किच्दा ३ जनाको मृत्यु र तीन घाईते भएका छन् ।

जिल्ला प्रहरीका अनुसार ३५६९ नंबरको बोलेरोमा सवार गुडिरहेको जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु र तीन घाईते भएका हुन् ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको थियो ।

प्रहरी निरीक्षक लंक श्रेष्ठले प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । – भिजन समाचार