Logo

बागमती पेज

माघ ९, २०७८ आईतबार

राजेश हमाल एपोलो पेन्ट्सको ‘ब्राण्ड एम्बेस्डर’


काठमाडौं । एपोलो पेन्ट्स लिमिटेडले नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भनाइसहित उपभोक्तामाझ अझ लोकप्रिय बनाउन महानायकलाई एम्बेसडरको रुपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।

एपोलो कम्पनीले २०६१ सालमा चितवनबाट इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरि व्यवसाय सुरु गरेको हो । कम्पनीको मुख्य उद्देश्य स्वदेशी पुँजीबाट उत्पादन गरि, स्वदेशमै रोजगारी सृजना गर्ने रहेको कम्पनीले जनाएको छ । यसको उत्पादन ग्रेड तथा हजारौ कलर सेड प्रकृति मैत्री, हेल्दी, लिड फ्रि भएको कम्पनीले दाबी गरेको छ ।