Logo

बागमती पेज

माघ १३, २०७८ बिहीबार

बृटिस काउन्सिलद्वारा ‘ईन्टरनेशनल जोसेफ’ लाई अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौं । ब्रिटिश काउन्सिलले इन्टरनेसनल जोसेफ पब्लिक स्कुललाई “अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (ISA)” प्रदान गरेको छ। जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत रहेको सो विद्यालयलाई अन्तर्राष्ट्रिय विद्यालय संग गरेको सांस्कृतिक साझेदारी मार्फत पुर्याएको योगदानका लागि सो अवार्ड प्रदान गरिएको हो।

काठमाडौं महानगरपालिका वडा नं ६ शान्तिनगरमा रहेको सो विद्यालयलाई माघ ११ गते ब्रिटिश काउन्सिल द्वारा आयोजना गरिएको भर्चुअल कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेकाे थियाे ।

बृटिश काउन्सिल कनेक्टिङ सिकाईलाई प्राथमिकता दिई बालमैत्री शिक्षण गरेका कारण इन्टरनेसनल जोसेफ पब्लिक स्कुललाइ बृटिश काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०२०-२०२३ प्राप्त गर्न सफल भएको हाे ।

यसै उपलक्ष्यमा जोसेफ एजुकेसनल नेटवर्कका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीले ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल परिबारलाई हार्दिक बधाई सहित उक्त अवार्ड प्राप्त गर्न निरन्तर रुपमा सहयोग पुर्याउनु हुने प्रधानाध्यापक मनोज अधिकारी, आई एस ए कोरडिनेटर लगायत प्रोजेक्टमा सहभागी विध्यार्थीहरु, अभिभावकहरु, कामनपा वडा ६ कार्यालय, काठमाडौ महानगर शिक्षा विभाग, बिसिए सुनिता सुरी, बृटिस काउन्सिल, बेलायतको अन्तर्राष्ट्रिय पार्टनर स्कुल लगायत विध्यालयलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने सम्पुर्णलाइ धन्यवाद व्यक्त गरेका छन् ।

सो अवार्डले आगामी दिनमा थप सक्रीय र सृजनशील भएर अगाडी बढ्न उर्जा मिलेको बताउदै विद्यालयका प्रिन्सिपल मनोज अधिकारीले विद्यालय परिवार, विद्यार्थी, अभिवावक सहित सहयोगी सबैलाई बधाई ज्ञापन गरे ।