Logo

बागमती पेज

माघ १७, २०७८ सोमबार

युवासंघको कोरोना विरुद्ध सचेतना अभियान शुरु


काठमाडौं । कोरोना महामारी विरुद्ध नेकपा एकीकृत समाजवादीको जनसंगठन युवा संघ नेपाल बूढानीलकण्ठ नगर कमिटीले साताव्यापी जनचेतनामूलक अभियान संचालन गरेको छ । माघ १६ गते कपन ह्याण्डबल ग्राउण्डबाट जनचेतनामूलक अभियान शुरु हो ।

कपनबाट शुरु गरिएको जनचेतनामूलक कार्यक्रम अन्तर्गत बूढानीलकण्ठ नगरपालिका भित्र सात ठाउँमा हेल्पडेक्स स्थापना गरिने आयोजक कमिटीले जनाएको छ । यस अभियानलाई क्रमश तरकारी बजार, फैकाचोक, पैयुटार, चुनिखेल गोल्फुटार हुँदै बूढानीलकण्ठ मन्दिरमा आगामी शनिवार सम्पन्न गरिने युवा संघ नेपाल नगर कमिटी अध्यक्ष आकाश श्रेष्ठले बागमती पेजलाई जानकारी दिएका छन् ।

अभियान शुभारम्भ कार्यक्रममा नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला उपसचिव एवं काठमाडौं क्षेत्र नं ४ का संयोजक धुर्बराज न्यौपाने, क्षेत्र नं ४ सचिव पुरुषोत्तम नेपाल युवा संघ, अनेमसंघ समाजवादी काठमाडौं क्षेत्र नं ४ संयोजक रेणुका पराजुली, नगरकमिटी उपसचिव बिष्णु भट्टराई, युवा संघनेपाल केन्द्रिय सचिवालय सदस्य एवम बुनपा १२ का पार्टी अध्यक्ष रामशरण सापकोटा, केन्द्रिय सदस्य विशाल खत्री लगायतको सहभागिता रहेको थियो ।