Logo

मेघनाथ पहाडी

फाल्गुन १, २०७८ आईतबार

निर्माणाधिन बक्स कल्भर्ट निर्माणको स्थलगत निरीक्षणमा डा. भट्टराई


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-८ मा निर्माणाधिन रहेको बक्स कल्भर्ट योजनाको निरीक्षणमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले स्थलगत निरीक्षण गरेका छन् ।

लामो समय सम्म डुवानको समस्याले पीडित बनेका स्थानीयहरुको गुनासो र दवाव पश्चात निर्माण शुरु गरिएको बक्स कल्भर्टको निरीक्षण गर्दै डा. राजन भट्टराईले निर्माणको अवस्था र समस्याका बारेमा जनप्रतिनिधि र स्थानीयहरु संग अन्तरक्रिया समेत गरे ।

ललितपुरको हाइ हिमालयन पी आर जेभीले १३ करोड २ लाख ७३ हजार १८५ रुपैया ४ पैसा लागतमा निर्माण गर्न लागेको वडा नं २ र ८ को सो आयोजनाको निर्माण सम्पन्न मिति २०७९ साल जेष्ठ ५ गते रहेको छ ।

निरीक्षणकै क्रममा डा. भट्टराईले कपन क्षेत्रमा निर्माणाधीन रहेको बक्स कल्भर्टका बारेमा समेत विशेष चासो व्यक्त गरे । उनले भने, आगामी वर्षाद्को समय अगाडी नै निर्माण सम्पन्न गर्ने उपायहरुका बारेमा समेत छलफल गरिएको थियो ।

बूनपा वडा नं २ र ८ तथा कपन क्षेत्रको बक्स कल्भर्ट निर्माणको जिम्मा पाएको कम्पनि एकै रहेकोले दुवै क्षेत्रमा समयमा काम सक्न दवाव दिनुपर्ने धारणा व्यक्त गरे ।

निर्माण क्षेत्रमा देखिने समस्या समाधानका लागि सधै तत्पर र सक्रिय रहनका लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले कपन क्षेत्रको निर्माणलाई गति दिनका लागि सरोकारवाला स्थानीयहरु समेत सचेत हुनुपर्ने बताए ।

निर्माणाधिन योजनाको निरीक्षणमा बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधव पौड्याल, गोमा मंग्राती, नेकपा एमाले वडा कमिटी अध्यक्ष बिनोद थापा, उपाध्यक्ष निश्चल अधिकारी, सचिव सविन अधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।