Logo

बागमती पेज

फाल्गुन २२, २०७८ आईतबार

कांग्रेस एक्लै बहुमत ल्याएर सरकारको नेतृत्व गर्छ : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा विघटन गरेर जुनसुकै बेलामा निर्वाचन हुनसक्ने बताएका छन् ।

कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचन वैशाख ३० गते जुनसुकै अवस्थामा गर्नुपर्छ।

चुनाव तोकिएकै समयमा गर्नुपर्छ। दायाबायाँ गराउन सक्दैनौँ। संसद् यसै अवस्थामा चल्दैन, आम चुनाव मंसिर हुन्छ भन्ने छैन। एमालेले संसद् चल्न दिएको छैन। कुरा गरिरहेका छौँ।

तर, मिलेन भने निर्वाचन जुनसुकै बेलामा हुनसक्छ ।’अबको निर्वाचनपछि नै कांग्रेस एक्लैले बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने पनि उनले दाबी गरे। महामन्त्री थापाले भने, ‘निर्वाचन जहिले होस् निर्वाचन जितेर फेरि कांग्रेस सरकार नै आउँछ ।

चुनाव हामी जित्छौँ भन्ने आधार तय भइसकेको छ। तर, जितिसकेपछि के गर्ने भन्ने तार्गेट राख्नुपर्छ। त्यसमा सबैले एकजुट हुनुपर्छ।’कम्युनिष्टहरू असफल भएकै कारणले सत्ता कांग्रेसको हातमा आएको उनले बताए ।