Logo

बागमती पेज

फाल्गुन २३, २०७८ सोमबार

विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप


काठमाडाैं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुलोका लागि निवेदन बुझाउने समय थप गरेको छ ।

दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर स्नातक तथा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई नि:शुल्क रुपमा वितरण गर्दै आएको विद्युतीय चुलोको लागि यही फागुन २५ गतेसम्म निवेदन बुझाउन सकिने भएको हो ।

सरकारले एलपी ग्याँसको मूल्य बढाउँदै गएपछि दुर्गम क्षेत्रबाट काठमाडौ आएर भाडामा बसिरहेका विद्यार्थीको सहज र विद्युतीय चुलोको प्रवद्र्धन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नि शुल्क रुपमा विद्युतीय चुलो वितरण गर्दै आएको छ । विद्यार्थीहरुले चुलोका लागि निवेदनसँग नेपाली नागरिकताको प्रमाण पत्र तथा शैक्षिक संस्थाको विद्यार्थी परिचय पत्र र सिफारिस बुझाउनु पर्ने छ ।