Logo

बागमती पेज

फाल्गुन २८, २०७८ शनिबार

मनास्लु वर्ल्ड कलेज प्रमुख श्रेष्ठ सम्मानित


काठमाडौं । मनास्लु वर्ल्ड कलेजका प्रमुख एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमबीच उनलाई सम्मान गरेको हो ।

संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि शिक्षामन्त्री देवेन्द्र पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । संस्थाले श्रेष्ठलाई वरिष्ठ शिक्षासेवी सम्मानबाट सम्मानित गरेको हो ।

शिक्षा तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न सम्मानले प्रेरणा मिलेको श्रेष्ठले बताए । बिगत १५ वर्षदेखि उनी शिक्षा क्षेत्रमा निरन्तर सक्रिय छन् ।

मनास्लु वर्ल्ड कलेज नेपालको प्रतिष्ठित तथा अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित छ ।