Logo

मेघनाथ पहाडी

फाल्गुन २९, २०७८ आईतबार

प्रभावकारी बन्यो ‘कानुनी परामर्श’ सम्बन्धि सचेतनामूलक कार्यक्रम


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कानुनी परामर्श तथा पोषण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नारी दिवसको उपलक्ष्यमा बूनपा-९ को आयोजनामा भएको कानुनी परामर्श तालिम प्रभावकारी बनेको कार्यक्रममा सहभागी स्थानीयले बताएका हुन् ।

कार्यक्रममा सहाभागी शान्ता पन्तले भनिन्- ‘केही वर्ष अगाडी हामीले यस किसिमका तालिम लिन पाएको भए समाजमा विभिन्न घटना घट्न समेत नदिने रहेछौं । उनले थपिन्, कानुन सम्बन्धि ज्ञान समाजका हरेक नागरीकमा हुन आवश्यक रहेछ, सबैले कानुन बुझ्न पाउँदा सामाजिक हिंसाको अन्त्य गर्न सहजै हुन्छ ।’

बूनपा -९ का.वा. वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको कानुन सम्बन्धि सचेतनामूलक तालिमले महिलालाई अझ दक्ष र सक्षम बनाउन मद्दत पुगेको जनाएकी छन् । वडा भित्रका महिला दिदिबहिनीलाई स्वास्थ्य सम्बन्धि जानकारी आवश्यक हुने हुँदा वडाले नारी दिवसको उपलक्ष्यमा महिला लक्षित तालिम आयोजना गरेको त्रिपाठी पाण्डेको भनाई छ ।

कार्यक्रममा नगरप्रमुख उद्धव खरेलले समुदाय स्तरमा कानुनी ज्ञान अभावको कारण विभिन्न घटनाहरु घट्ने भएकोले त्यस्तो समस्याबाट बच्न तथा समुदाय स्तरमा कानुनी ज्ञान दिन यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताए ।

समाजसेवी कमला ढकालले भनिन्, ‘कानुनी परामर्श तथा पोषण सम्बन्धि सचेतनामूलक कार्यक्रम निकै आवश्यक रहेछ । पोषण सम्बन्धि जानकारी हरेक परिवारका सदस्यलाई हुन आवश्यक छ ।’

हामीले सबैखालका खानेकुरा खान्छौं । तर कुन समयमा के खाने ? कसरी खाना खाएमा फाईदा गर्छ ? कस्ता खानेकुरा कसरी खाने ? यस किसिमको ज्ञान हामीलाई आवश्यक छ । समाजसेवी ढकालले खानेकुरा मिलायर खाने हो भने हामी विभिन्न रोगबाट समेत बच्न सकिने समेत जनाईन् ।

कानुनी परामर्श सम्बन्धि तालिम अधिवक्ता राधिका खतिवडाले दिएकी थिईन् भने पोषण सम्बन्धि सचेतनामूलक तालिम पोषण विज्ञ मीरा शाहले दिएकी थिईन् ।

बूनपा-९ का.वा. वडा अध्यक्षता सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको कानुनी परामर्श तथा पोषण सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन वडा कर्मचारी वविता कार्कीले गरेकी थिईन् भने स्वागत मन्तव्य वडा सदस्य गंगामाया नेपालीले राखेकी थिईन् ।

नारी दिवको उपलक्ष्यमा विषेश योगदान पुर्याएका पाँचलाई सम्मान :

  • ज्येष्ठ महिला नागरिक दुर्गा कुमारी कामी
  • अमर शहिद रामनाथ पत्नी विश्वेश्वरा दाहाल
  • साहित्यकार प्रा.ज्ञा. लक्ष्मी उप्रेती
  • नेपालमा विश्वकै पहिलो पर्वतारोहणको उपाधि दिलाउन ठूलो योगदान पुर्याएकी पर्वतारोहण क्याम्पसका संस्थापक प्रमुख हिमालकी छोरी लाक्पाफुटी शेर्पा

कार्यक्रममा नगर प्रमुख उद्धव खरेल, नगर प्रमुख प्रसाशकिय अधिकृत भुवनेश्वर लामिछाने, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल, नेपाली कांग्रेसका इकाई सभापति शंकर आचार्य, नेकपा एमाले पार्टी कमिटी अध्यक्ष दिलिप थिङ, नेकपा माओवादी केन्द्र नगर सदस्य शान्ता नराल तथा राजनीतिक दलका प्रतिनिधिहरु लगायत अन्य स्थानीय तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।