Logo

बागमती पेज

फाल्गुन २९, २०७८ आईतबार

सुनापति गाउँपालिका-५ ले आफ्नै भवनबाट सेवा दिने


रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ ले आफ्नै भवन निर्माण गरेको छ । शनिवार प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ ‘कुशल’ले सो वडाको नवनिर्मीत भवन उद्घाटन गरेका छन् ।

भवन उद्घाटनसँगै आफ्नै भवनबाट काम शुरु गरिएको सुनापती–५ का वडा अध्यक्ष ठुलोकान्छा तामाङले बताए । वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तानले संघीयता, समानुपातिकता र समावेशिताको लागि पहिलो लडाई लडेको उनकाे भनाइ छ।

सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टले स्थानीय निकायमा निर्वाचित भएपछिका ५ वर्षमा आफूहरुले जनमतलाई कदर गरेको दाबी गरिन् । उद्घाटन कार्यक्रममा प्रतिनिधीसभामा सदस्य श्याम कुमार श्रेष्ठ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य पेमा लामा, नेपाली कांग्रेसका प्रतिनिधी गंगाराज लामा र एमालेका बागमती प्रदेश सदस्य रामकृष्ण लामा लगायतले शुभकामना दिएका थिए ।

भवन उद्घाटन कार्यक्रममा स्थानि जातजातीको पहिचान झल्कने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।