Logo

बागमती पेज

फाल्गुन २९, २०७८ आईतबार

प्रेस चौतारीकाे अध्यक्षमा गणेश बस्नेत, को-को बने पदाधिकारी !


काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । बस्नेत यसअघि पनि प्रेस चौतारीको अध्यक्ष थिए ।

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदीलाइ चयन गरिएकाे छ ।

त्यसैगरी कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका हुन् ।