Logo

भवानी कार्की

फाल्गुन ३०, २०७८ सोमबार

सिन्धुपाल्चोक काँग्रेसको सभापतिमा जंगबहादुर तामाङ विजयी


काठमाडौं । नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन् ।

आइतबार दोस्रो चरणमा भएको मतदानमा जंगबहादुरले बंशलाल तामाङलाई ६४ मतले पराजित गरी गरेका हुन् । दोस्रो चरणमा १७८७ मत खसेकोमा जंगबहादुरले ९१२ र बंशलालले ८४८ मत पाएका थिए ।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका थिए । तीन उम्मेदवारबीच कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान गरिएको थियो।​ प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए । त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर लामा सभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए ।

संस्थापन पक्षका लामाका विरुद्धमा केन्द्रीय सदस्य मोहन बस्नेतले अन्तिम अवस्थामा जंगबहादुरलाई अगाडि सारेका थिए । प्रेमध्वजले पनि दोस्रो चरणको मतदानमा संस्थापन इतरका उम्मेदवार बंशलाल तामाङलाई समर्थन गरेका थिए ।

प्रेमध्वजको समर्थन बंशलाललाई भएपनि जंगबहादुरलाई सभापति बनाउन बस्नेत सफल भएका छन् । शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षको समर्थन भएका बंशलाललाई प्रेमध्वजको समर्थन मत बढाउन मात्र काम लाग्यो । १४ औं महाधिवेशनअन्तर्गत काँग्रेसको जिल्ला अधिवेशन अब करिब सकिएको छ ।