काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट निर्माण गृहकार्य अघि बढाएको छ । कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिनेगरी बजेट छलफल थालिएको मन्त्रालयले जानाएकाे हाे ।
बजेट लेख्न मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल संयोजकत्वमा ५ सदस्यीय लेखन समिति गठन गरिएको छ । मन्त्रालयले आजै सरोकारवाला पक्षहरूसँग कृषि क्षेत्रबारे अन्तरक्रिया गर्दै बजेट छलफल थालेको छ।
अन्तरक्रिया कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम शुरू भएको जानकारी दिएका छन् । ‘आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको गृहकार्य शुरू भयो भन्ने सन्देश यो छलफलले दिएको छ,’ मरासैनीले भने, ‘पहिलो छलफल कृषि क्षेत्रबाट गरिएकाले सरकारले यो क्षेत्रलाई कति प्राथमिकतामा राखेको छ भनेर आफैं बुझ्नुस् ।’
प्रतिक्रिया दिनुहोस्